ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्र प्रहरीको अगाडीबाट आउँछ तस्करीको सामान : एसपी र विओपीमाथि निगरानी बढाउन माग

News Desk by News Desk
७:५२ बिहान, बैशाख ८, २०८१
430
सेयर
429
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ८ गते ।
भारतबाट हुने अवैध चोरी, निकासी रोकथामका लागि नेपालगन्ज उपमहानगरपालिका–१४ मा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेक्वा, बागेश्वरी बाँकेको गण छ । एसपीको कमाण्डमा रहेको उक्त गणको मुख्य काम भारतबाट हुने चोरीपैठारी नियन्त्रण गर्ने हो, तर भारतबाट लाखौँ रुपैयाँको सामान र कुखुराका चल्ला भित्रिएपछि सशस्त्र प्रहरी बल बागेश्वरी गणको कामप्रति सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।

चोरीपैठारी नियन्त्रणका लागि नेपाल–भारत सीमानाकामा विओपी र सय मिटरको दूरीमा विओपी अन्तरगतका सशस्त्र प्रहरी खटिदै आएका छन् । ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिए पनि तस्करहरुले सामान नेपालगन्ज पुर्याउँदै आएका छन् ।
सशस्त्र प्रहरीको अगाडीबाट नेपालगन्ज भित्रिएको सामान नेपाल प्रहरीले नियन्त्रणमा लिँदै आएको छ ।

यसले पनि नाकामा खटिएको सशस्त्र प्रहरी तस्करसँग मिलेको भन्ने प्रष्ट हुन्छ । ‘भारतबाट ल्याएको सामान नेपाल प्रहरीले नेपालगन्जमा बरामद गर्नुले सशस्त्र प्रहरीको एसपीदेखि तल्लो तहका सशस्त्र प्रहरीको मिलोमतो छ भन्ने शंका गर्ने ठाउँ छ,’ एक स्थानीयले भने, ‘तस्करले सामान ल्याउँदा ड्यूटीमा रहेका सशस्त्र प्रहरी फोनमा कुरा गरेको जस्तो गरि नदेखेको भान गर्छन् । सर्वसाधारणले थोरै ल्याउँदा पनि आँखा लगाउँछन् ।’

बुधवार भारतबाट ल्याउँदै गरेको लाखौँ रुपैयाँ पर्ने ब्रोइलर कुखुराका चल्ला बाँके प्रहरीले बरामद गरेको छ । हिरमिनिया नाकाबाट ल्याउँदै गरेको कुखुराका चल्ला इलाका प्रहरी कार्यालय हिरमिनियाले बरामद गरेको हो । नाकामा खटिएका सशस्त्र प्रहरीकै अगाडीबाट ल्याएको चल्ला नेपाल प्रहरीले डुडुवा गाउँपालिका ६ अहिरापुर्वाबाट बरामद गरेपछि सशस्त्र प्रहरीको मिलोमतो उदांगिएको छ ।
चल्लाको कार्टुन टाउकोमा राखेर ल्याउँदै गरेको अवस्थामा नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

चार लाख ५० हजार रुपैयाँ बराबरको उक्त चल्ला नाकामा रहेका सशस्त्र प्रहरीकै अगाडीबाट ल्याएको प्रत्यक्षदर्शी बताउँछन् । ‘२४ सै घण्टा सशस्त्र प्रहरीले सीमानाकामा ड्यूटी दिन्छन् । उनीहरुले गर्ने ड्यूटीलाई हेर्ने हो भने सानो बस्तुसमेत ल्याउन मुस्किल पर्ने देखिन्छ, तर चार हजार पाँच सय कुखुराको चल्ला नाकाबाट पाँच किलोमिटर उत्तरमा बरामद हुनुले सशस्त्र प्रहरीको सेटिङ छ भन्ने बुझ्नु पर्छ,’ एक कुखुरापालक कृषकले भने ।

भारतको नानपाराबाट नेपाल ल्याउँदै गरेको कुखुराको चल्ला ल्याउनेहरुले नेपाल प्रहरी आउँदै गरेको सूचना पाएपछि भाग्न सफल भएका छन् । कुखुराका चल्ला ल्याउनेहरुले सूचना कहाँबाट पाए यसमा पनि शंका उब्जिएको छ । ‘तस्करसँग सेटिङ गरेको सशस्त्र प्रहरीले नै सूचना दिएको हुनुपर्छ,’ नाम नबताउने सर्तमा स्थानीयले भने, ‘नत्र प्रहरी आउँदै छ भन्ने जानकारी तस्करले कसरी पाए ? यसमा रहस्य लुकेको छ । गृहमन्त्री रबी लामिछाने र सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालले बागेश्वरी गणका गणपति एसपी विमल डाँगी, गण मातहतका विओपीका इन्चार्ज र अन्य सशस्त्र प्रहरीमाथि निगरानी बढाउनु पर्ने जरुरी देखिन्छ ।’

सर्वसाधारणको थोरै सामानमा आँखा लगाउने सशस्त्र प्रहरीकै अगाडीबाट १२८० पाकेट खुकुरी चुरोट जमुनाह पुग्नुमा पनि सशस्त्र प्रहरीको हात भएको आशंका गरिएको छ । भारत लैजान लागेको चुरोट इलाका प्रहरी कार्यालय जमुनाहले बरामद गर्नुले पनि सशस्त्र प्रहरीको नियतमाथि खोट लागेको छ । सशस्त्र प्रहरीको गतिविधिमाथि नजर नलगाउने हो भने तस्कर र सशस्त्र प्रहरी मोटाउने र सर्वसाधारणले सास्ती भोगिरहनु पर्ने छ ।

ADVERTISEMENT

यी समाचार पनि पढ्नुस् ।

बाँकेमा सशस्त्र प्रहरीका घुमुवाको आतंक कायमै : तस्करबाट असुली, सर्वसाधारणलाई सास्ती

नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

 

Share173Tweet107SendShare
Previous Post

नौ महिनामा संघीय सरकारतर्फ बाँकेमा ६० प्रतिशत बजेट खर्च

Next Post

आधा दर्जन सामूदयिक वनमा डढेलो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ

११:४४ मध्यान्ह, असार २३, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
बीस रुपैयाँको विवादमा महिलाको हत्या
अपराध

बाँकेमा छोराद्वारा बाबुको हत्या

२:२३ बिहान, असार २२, २०८२
पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

२:११ बिहान, असार २२, २०८२
आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा
समाचार

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

२:०४ बिहान, असार २२, २०८२
Next Post
आधा दर्जन सामूदयिक वनमा डढेलो

आधा दर्जन सामूदयिक वनमा डढेलो

नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा

नेपालगन्जका विद्यालयहरूको शुल्क निर्धारण

नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

नाकामा अवैध चोरी पैठारीः सशस्त्रले छाड्ने, नेपाल प्रहरीले पक्राउ गर्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:27 am7:19 pm +0545
Feels like: 33°C
Wind: 16km/h ESE
Humidity: 89%
Pressure: 1002.03mbar
UV index: 2
ThuFriSat
32/27°C
34/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?