ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भारतबाट स्वदेश फर्किने नेपालीको नेपालगन्ज नाकामा घुइँचो

News Desk by News Desk
१२:५४ बिहान, अशोज ४, २०८१
भारतबाट स्वदेश फर्किने नेपालीको नेपालगन्ज नाकामा घुइँचो
459
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके असोज ४ गते ।
दसैँ नजिकिएपछि कामका लागि भारत गएका नेपाली घर फर्किन थालेका छन् । सोह्रश्राद्ध समेत गर्ने गरि नेपालीहरु फर्किन थालेका हुन् ।

सोह्रश्राद्ध गर्नेगरि नेपाल आएको बबई गाउँपालिका ३, दाङका हरिभक्त डाँगीले बताए । परिवारका सदस्यसहित आउँदै गरेका उनले दसैँ, तिहार मनाउनका लागि आएको बताए । ‘पोहोर सालको दसैँ, तिहार भारतको चण्डीगढमा मनायौँ । यसपालीको दसैँ, तिहार घरमै मनाउने गरि आएका छौँ,’ उनले भने, ‘सोह्रश्राद्ध गर्नुपर्ने भएकोले एक दिन अगाडी नै आयौँ ।’
बनगाड कुपिण्डे नगरपालिका ६, सल्यानका सागर थापा बुधवार नेपालगन्ज नाका हुँदै भारतबाट घर फर्किएका छन् । सिम्लाबाट फर्किदै गरेका उनी गत वर्षको दसैँ, तिहार मनाएर कामका लागि त्यहाँ गएका हुन् । सोह्रश्राद्ध गर्न हतारिदै आएका उनी दसैँ, तिहारले घर सम्झाएको बताए । ‘दसैँको मिति नजिकिएदेखि परदेशमा बस्न मनले मानेन,’ उनले भने, ‘कामको चिन्ताभन्दा दसैँ, तिहारले तान्यो । दसैँ नजिकिएदेखि भारतमा बस्नै सकिएन ।’

कतिपय बालबच्चासहित घर फर्किएको देखिन्छ । घर लिपपोत गर्ने र दसैँमा आवश्यक पर्ने सरसामान जोहो गर्न चाँडै घर फर्किएको जुनीचाँदे गाउँपालिका १ का तुलबहादुर विश्वकर्माले बताए । बालबच्चासहित गत वर्ष भारतको कुल्लु मनाली गएका उनी घरमा कोही नभएकोले तयारीका लागि आएको बताए । ‘घर लिपपोत गर्ने, मासु लगायत दसैँमा आवश्यक पर्ने सामान जोहो गर्न छिटो घर आउनु पर्यो,’ उनले भने ।

दैनिक कम्तिमा तीन हजार नेपाली घर फर्किदै

कामका लागि भारत गएकाहरु हुल बाँधेर स्वदेश फर्किरहेका छन् । एउटा समुहमा १०–१२ जना आउने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । सोह्रश्राद्ध सुरु हुनुभन्दा दुई दिन अघिदेखि नेपालीहरु फर्किने क्रम बढेको उनले बताए ।

सम्बन्धित समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

उनका अनुसार, भदौँ महिनाको अन्तिम साताको तुलनामा १ असोजमा धेरै नेपाली स्वदेश फर्किएका छन् । उनले १ असोजमा करिव तीन हजार नेपाली स्वदेश फर्किएको बताए । ‘भारतबाट नेपाल आएको संख्या ६ हजार ९०३ जना थियो । ति मध्ये आधा कामका लागि भारतका नेपाली हुन्,’ उनले भने, ‘बुधवार पनि सोही हाराहारीमा नेपाली स्वदेश फर्किएको तथ्यांक छ ।’
उनले दसैँ, तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले उचित प्रवन्ध गरेको बताए । ‘रिक्सा, ई–रिक्सा, बस, हाइस र होटल ब्यवसायीबाट ठगिने र लुटिने सम्भावनालाई मध्यनजर गरि नेपाल प्रहरीले सचेतना अभियान समेत चलाएको छ,’ उनले भने ।

अघिल्लो वर्षको तथ्यांक अनुसार, टीकाको अघिल्लो दिनसम्म भारतबाट नेपाली आउने गर्दछन् । जतिजति दसैँ नजिक आउँछ त्यति धेरै नेपाली भारतबाट आउने गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । उनी भन्छन्, ‘भारतबाट आउने नेपालीलाई लिन होटल ब्यवसायी नाकामै पुग्ने गरेको पाइएपछि आउनेलाई पहिलो पटक सचेत गराउने र पुनः त्यसो गरेको पाइए कानुन बमोजिम कारवाही गर्ने जानकारी गराएका छौँ ।’

ADVERTISEMENT
Share212Tweet103SendShare
Previous Post

रोल्पाको अर्गानिक टिमुरमा विदेशी कम्पनीको चासो

Next Post

लुम्बिनीमा युवा परिषद्का लागि १ करोड बजेट स्वीकृत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनीमा युवा परिषद्का लागि १ करोड बजेट स्वीकृत

खानेपानीका लागि कोहलपुरमा ९० लाखको ऋण सम्झौता

खानेपानीका लागि कोहलपुरमा ९० लाखको ऋण सम्झौता

७ गतेदेखि नेपालगन्जमा सुपथ मूल्य पसल

७ गतेदेखि नेपालगन्जमा सुपथ मूल्य पसल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?