बाँके फागुन ५ गते।
जसपा नेपालले नेपालगन्ज उपमहानगरपालिका ३ एकलैनीमा बाँके निर्वाचन क्षेत्र नं. २ को वडा सम्पर्क कार्यालय स्थापना भएको छ । उक्त वडा सम्पर्क कार्यालयको बाँके क्षेत्र नं. २ का जसपा नेपालका उम्मेदवार मोहम्मद कमरुद्दिन राईले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राईले मधेसी र मुस्लिमको अधिकार स्थापित गर्न जसपा नेपालका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले मधेस आन्दोलनको मर्म विपरित केहि दलका उम्मेदवार निर्वाचनमा होमिएको बताउँदै सहि उम्मेदवारको चयन गर्नुपर्ने बेला भएको बताए । ‘आफ्नो स्वार्थका लागि दल बदल्ने नेताबाट सजग हुनु होला । तपाईको सानो निर्णयले ५ वर्षसम्म पछुताउनुपर्ने हुन सक्छ,’ उनले भने ।
उनले जनता समाजवादी पार्टी नेपालले मधेसी र मुस्लिमको लागि आवाज उठाउँदै आएको बताउँदै आश्वासन र प्रलोभनमा नपर्न सुझाव दिए । ‘चुनाव जित्नका लागि दल बदल्नेहरुले भोटका लागि खोक्रा आश्वासन र पैँसाको प्रलोभन देखाउन सक्छन् । पैँसाले भोट किन्ने चेष्टा गर्लान,’ उनले भने, ‘पछि पछुताउनुभन्दा बेलैमा ध्यान पुर्याउनु होला,’ उनले भने ।













Discussion about this post