ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘इस्तियाक राईले जनतालाई धोका दिए’

News Desk by News Desk
१२:२२ मध्यान्ह, फाल्गुन १७, २०८२
बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा, राईको पल्लाभारी
1.2k
सेयर
1.2k
VIEWS
ShareTweetSendShare

बाँके फागुन १७ गते ।
नेपाली राजनीतिको आकाशमा सत्ता प्राप्तिका लागि गरिने म्याराथन कुनै नौलो विषय होइन । तर, बाँके क्षेत्र नम्बर–२ का पूर्व सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको पछिल्लो राजनीतिक चरित्र र सत्ताप्रतिको लिप्साले अहिले गम्भीर प्रश्न उब्जाएको छ ।
‘जनताको सेवक’ बन्ने कसम खाएर पटक–पटक शक्ति र सत्तामा पुगेका राईले अन्ततः आफ्नो व्यक्तिगत स्वार्थका लागि आम मतदाताको विश्वासमाथि कुठाराघात गरेको आरोप लाग्न थालेको छ ।

इस्तियाक राईको राजनीतिक इतिहासलाई नियाल्दा उनी विचारधाराभन्दा बढी ‘शक्ति’ को पछि लाग्ने गरेको प्रष्ट देखिन्छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पार्टीमा रहेर पटक–पटक मन्त्री बनेका राईले संकटका बेला पार्टीलाई साथ दिनुको साटो सधैँ आफ्नो पद सुरक्षित गर्ने दाउ मात्र खोजेको यहाँका राजनीतिक विश्लेषकहरूको ठहर छ । जनताका आधारभूत समस्या महँगी, बेरोजगारी र विकासभन्दा पनि उनी मन्त्रालयको कुर्सीमा कसरी टिकिरहने भन्ने खेलमा माहिर ‘खेलाडी’का रुपमा देखिए ।
निर्वाचनका बेला चिल्ला गाडी र ठूला आश्वासन बोकेर गाउँ पस्ने राईले चुनाव जितेपछि भने काठमाडौँका महल र सत्ताको कोटरीमा मात्र सीमित भएको बाँके क्षेत्र नम्बर–२ का स्थानीयको गुनासो छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ का स्थानीय मतदाता साविर शेष भन्छन्, “हामीले उनलाई आफ्नो दुःख सुन्छन् भनेर शक्तिमा पु¥यायौँ, तर उनी शक्तिमा पुगेपछि हाम्रो अनुहार समेत हेर्न चाहेनन् । यो सरासर जनतालाई दिएको धोका हो ।’
जसपा त्यागेका इस्तियाकले यसपटक ठूलो क्षती व्यहोर्नुपर्ने तर्क राख्छन् जनता समाजबादी पार्टी बाँकेका पूर्व अध्यक्ष काम्ताप्रसाद सोनकर । उनी भन्छन् ‘मधेशी र मुस्लिम समुदायको एजेण्डा बोकेर चुनाव जित्ने अनि मधेशी र मुस्लिमहरुको हकअधिकारमा सधैं मौन बस्ने सत्तालिप्त इस्तियाकले जसपा र यहाँका जनतालाई ‘धोका’ दिए । यो धोकाको हिसाब निर्वाचनमा हुनेछ ।’

जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राईले आफ्नो शक्ति जोगाउन र जित हात पार्न विभिन्न शक्ति केन्द्रहरूसँग ‘अदृश्य’ साठगाँठ गरिरहेको चर्चा छ । पद र प्रतिष्ठाका लागि पटक–पटक पार्टी फेर्ने र आफ्नै सिद्धान्तलाई ‘तिलाञ्जली’ दिने उनको कार्यले निष्ठाको राजनीति गर्नेहरूलाई स्तब्ध बनाएको छ ।
राजनीतिक यात्रा राप्रपाबाट सुरु भई फोरम, जसपा, अशोक राई समूह हुँदै अहिले एमालेमा प्रवेश गर्नुले उनीमाथि ‘अवसरवादी’ को ट्याग पनि लाग्ने गरेको छ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

जसपा नेपालकी केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेकी युवा नेतृ अम्बिका काफ्ले एमालेबाट उम्मेदवार इस्तियाक राईसँग वैचारिक सिद्धान्त नभएको टिप्पणी गर्छिन् ।
‘जनतालाई सधैभरी बेबकुफ बनाउने, दास मात्र बनाउने र आफुलाई साथ र सहयोग नगर्नेको घरबार बिथोल्ने काम ईस्तियाकले गरे’ काफ्लेले अगाडी भनिन्–‘इस्तियाकलाई मधेश आन्दोलनका बेला ‘लुक्का’ मसाल चिन्हबाट यही निर्वाचन क्षेत्रबाट जिताएर पठायौं, तर अहिले उनले आफ्नो धरातल बिर्से, यसको क्षति इस्तियाकले ब्यहोर्नुपर्छ ।’

जसपाका जिल्ला अध्यक्ष कौशलकुमार धोवी भन्छन् ‘सत्ता र शक्ति सधैँ स्थिर रहँदैन, जनताको विश्वास एकपटक गुमेपछि फेरि कमाउन मुस्किल हुन्छ । मोहम्मद इस्तियाक राईले जनतालाई दिएको यो ‘धोका’ को हिसाब हामी निर्वाचनबाट लिन्छौं ।’
उनी भन्छन्–‘सत्ता र शक्तिकै वरिपरि घुमिरहन चुनावमा होमिएका इस्तियाकलाई जनताको आक्रोशले राजनीतिक सन्यास लिन बाध्य पार्नेछ ।’

नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान एक वडाअध्यक्ष भन्छन्–‘जसपा छोड्नु नै इस्तियाकलाई आत्महत्या गर्नु सरह बनेकोछ । यसअघि उनलाई ९ वडाअध्यक्ष, एक उपप्रमुख र दुई विधायकको साथ र सहयोग थियो, अहिले उनीसँग उनीहरु छैनन् ।’
यता भने राईको एमाले प्रवेशले पार्टीका पुराना र इमानदार कार्यकर्ताहरूमा पनि तीव्र विद्रोह निम्त्याएको छ ।

ADVERTISEMENT

शक्ति र पैसाको आडमा उनले एमालेका कुशल र सक्षम उम्मेदवारहरूलाई पाखा लगाएर टिकट हत्याएको चर्चाले नेकपा (एमाले) बाँकेभित्र भुसको आगो झैँ असन्तुष्टि फैलिएको छ । यो आगो निभिएको छैन् । एमालेजनमा वर्षौँदेखि संगठन निर्माणमा लागेका नेताहरू अहिले ‘हाइज्याक’ भएको महसुस गरिरहेका छन् ।

Share469Tweet293SendShare
Previous Post

साढे तीन सय जेनजी युवाहरु जसपा नेपालमा प्रवेश, कमरुद्दिन थप उत्साहित

Next Post

भारतबाट मत हाल्न स्वदेश फर्किनेको संख्या बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
वर्षातको असरः नेपालगन्ज नाका प्रयोग

भारतबाट मत हाल्न स्वदेश फर्किनेको संख्या बढ्यो

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन

नेपालगन्ज भन्सारबाट सात महिनामा ४४ अर्बभन्दा बढी आयात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?