ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

होल्डिङ सेन्टरमा सुकुमवासीको दैनिकी कष्टकर, दीर्घकालीन व्यवस्थापनमा अन्योल

News Desk by News Desk
८:४० बिहान, जेष्ठ ३, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके, जेठ ३ गते ।
बाँकेको कोहलपुर नगरपालिकाले स्थापना गरेको अस्थायी होल्डिङ सेन्टरको विभिन्न मानवअधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीहरूले स्थलगत अनुगमन गरेका छन् । सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत विस्थापित गरिएका सुकुमवासी परिवारहरूको अवस्था बुझ्न कोहलपुर नगरपालिका–११ मा निर्माण गरिएको अस्थायी वासस्थानको अनुगमन गरिएको हो ।

सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम तथा राष्ट्रिय समाचार समिति (रासस) नेपालगन्ज प्रमुख युवराज पाण्डेसहितको टोलीले होल्डिङ सेन्टर पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको थियो ।

अनुगमन टोलीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवार, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विक तथा भूमि समस्या समाधान आयोग बाँकेका पूर्वअध्यक्ष घननाथ खनालसँग भेटघाट गरी घटनासम्बन्धी तथ्य सङ्कलन गरेको जनाएको छ ।

कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपासको क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई हाल कोहलपुर नयाँ बसपार्कको टर्मिनल भवनमा अस्थायी रूपमा राखिएको छ । नगरपालिकाले डोजर प्रयोग गरेर बस्ती हटाएपछि उनीहरूलाई होल्डिङ सेन्टरमा सारिएको हो ।

सम्बन्धित समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

अनुगमनका क्रममा प्रभावित परिवारहरूले आफूहरूलाई बसपार्क भवनमा राखिए पनि दैनिक खानपानको व्यवस्था आफैँले गर्नुपरेको गुनासो गरेका छन् । नगरपालिकाले कहिलेकाहीँ स्वास्थ्य उपचारमा सहयोग गरेको तथा बालबालिकाको पढाइमा केही सहजीकरण गरे पनि दीर्घकालीन व्यवस्थापनबारे स्पष्ट योजना नदेखिएको उनीहरूको भनाइ छ ।

अधिवक्ता वसन्त गौतमका अनुसार अधिकांश परिवारसँग आफ्नै घरजग्गा नभएकाले भविष्यप्रति चिन्ता बढ्दै गएको छ । “कहिलेसम्म यसरी बस्नुपर्ने हो भन्ने अन्योल छ,” प्रभावित सुकुमवासीहरूको भनाइ उद्धृत गर्दै उनले बताए ।

नगरपालिकाले बसपार्क भवनका तीन तलामा परिवारको सङ्ख्याअनुसार समूहगत रूपमा बसोवासको व्यवस्था मिलाएको भए पनि उनीहरूले आफैँ खाना पकाएर खानुपर्ने अवस्था रहेको जनाइएको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका धेरै परिवारको अन्नपात सकिन थालेको र खाद्यान्न अभाव देखिन थालेको उनीहरूले बताएका छन् । प्रभावितहरूले कम्तीमा रासनपानीको व्यवस्था गरिदिन नगरपालिकासँग माग गरेका छन् ।

ADVERTISEMENT

केही महिला सुकुमवासीहरूले महिला र पुरुष एउटै हलमा सामूहिक रूपमा बस्नुपर्दा असहजता र गोपनीयताको समस्या भएको बताएका छन् । त्यहाँ आश्रय लिइरहेका अधिकांश परिवार दलित समुदायका रहेको जानकारी पनि अनुगमन टोलीले दिएको छ ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले सङ्घीय सरकारको नीति तथा निर्णयअनुसार नै अगाडि बढिरहेको बताउँदै होल्डिङ सेन्टरमा रहेका परिवारहरूको व्यवस्थापनका लागि कार्यविधि निर्माण गरी जीवन निर्वाहको आधार तयार गरिने बताएका छन् ।

भूमि समस्या समाधान आयोग बाँकेका पूर्वअध्यक्ष घननाथ खनालका अनुसार आयोग विघटनपछि जिल्लामा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूको जग्गा व्यवस्थापन प्रक्रिया प्रभावित बनेको छ । बाँकेमा ५३ हजार ७ सयभन्दा बढी परिवार भूमि समस्याको समाधानको प्रतीक्षामा रहेको उनले जानकारी दिए ।

अनुगमनमा सहभागी अधिकारकर्मीहरूले वास्तविक भूमिहीन सुकुमवासीहरूको पहिचान गरी समुचित वैकल्पिक व्यवस्था सुनिश्चित गरेर मात्रै बस्ती हटाउनुपर्नेमा जोड दिएका छन् । साथै आवास, खाद्य सुरक्षा र सम्मानजनक जीवन जस्ता आधारभूत मानवअधिकारको संरक्षण राज्यको दायित्व भएको उनीहरूको भनाइ छ ।

Share148Tweet92SendShare
Previous Post

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद
मुख्य समाचार

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

९:०३ बिहान, बैशाख ३०, २०८३
बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन
मुख्य समाचार

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

८:१३ बिहान, बैशाख ३०, २०८३
सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग
मुख्य समाचार

सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग

८:०१ बिहान, बैशाख ३०, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?