बाँके, असोज ३ गते ।
रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिख समाज बाँके, नेपालगन्जले १ लाख ५६ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सिख समाज बाँकेले संकलन गरेको उक्त रकम बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
बाढी तथा दैवी प्रकोपबाट प्रभावित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको सिख समाज बाँकेले जनाएको छ।
विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको समाजले जनाएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने समाजले बताएको छ।
सहयोग हस्तान्तरणका क्रममा श्री गुरु नानक सिंह सभा गुरुद्वारा नेपालगन्जका अध्यक्ष चरनजीत सिंह सरदार, महासचिव अमरजीत सिंह, सदस्य जोगिन्दर सिंह सरदार (राजु) तथा सिख समाज बाँकेका कोषाध्यक्ष हरपाल सिंह सरदारलगायतको उपस्थिति थियो।
सिख समाज बाँकेले गरेको सहयोगबाट भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।











Discussion about this post