ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कारागारका कैदीबन्दी जोखिममा

News Desk by News Desk
१०:०६ मध्यान्ह, मंसिर ७, २०८०
कारागारका कैदीबन्दी जोखिममा
446
सेयर
423
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ७ गते ।
“हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।” बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आउनुभएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाउनुभयो ।

उहाँले कारागार जीर्ण रहेको बताउँदै पानी पर्दा आफूहरू सुत्ने बिस्तारा समेत भिज्ने गरेको गुनासो पनि सुनाउन भ्याउनुभयो । छ सय चार कैदीबन्दीमध्येबाट उहाँले हात उठाएर प्रजिअको ध्यान आफूतिर केन्द्रित गर्दै भन्नुभयो, “सर, पानी पर्दा टिनमाथि राखिएको बिस्तारा उठाउन हामीलाई भ्याइनभ्याई हुन्छ ।”

तीन सय १६ कैदीबन्दी रहेको दोस्रो ब्लकबाट एक कैदीबन्दीले आफूहरूलाई पढ्ने वातावरणको व्यवस्था नभएको भन्दै प्रजिअ समक्ष आफ्नो एघार–बाह्र कक्षाको परीक्षा नै छुटेको गुनासो गर्नुभयो । “यहाँ पढ्ने वातावरण नहुँदा मैले आफ्नो परीक्षा नै छोड्नुप¥यो”, उहाँले भन्नुभयो, “सामान्य अध्ययनका लागि पनि पुस्तकालय छैन । हामी बिहान उठेर खाना खाने र दिनभरि गफिँदै साँझको खाना खाएर सुत्ने गर्दछौँ ।”

अनुगमनमा आउनुभएका प्रजिअसमक्ष कैदीबन्दीहरुले कारागारभित्र आफूहरूले पाएको पीडासहित आ–आफ्ना गुनासा र कैदीबन्दीले पाउनुपर्ने मानव अधिकारका माग गर्नु भएको थियो । दिउँसोको समयमा उभिनलाई ठाउँ नभएको उक्त कारागारमा रात कसरी बिताइरहेका छन् होला कैदीबन्दीहरुले रु हामीले कल्पनासम्म पनि गर्न सक्दैनौँ । झण्डै एक बिघा क्षेत्रफलमा निर्मित उक्त पुरानो कारागारको मुख्यद्वारबाट प्रवेश गर्ने बित्तिकै प्रत्यक्षरुपमा देखिन्छन् कैदीबन्दीहरू । झण्डै आठ दशकअघि राणाकालीन समयमा निर्मित उक्त कारागारका पर्खालहरू टाढाबाट नै जीर्ण भएको देख्न सकिन्छ । तीन सय ५० जना कैदीबन्दीको क्षमता भएको यस कारागारमा हाल नौ सय ५० जना कैदीबन्दी बस्दै आएका छन् । कारागारमा कैदीबन्दीको सङ्ख्या थपिने र घट्नेक्रम जारी रहन्छ । भूकम्पीय र सुरक्षाको दृष्टिकोणले बढी नै जोखिम रहेकोले आफूहरूलाई जतिसक्दो छिटो नौबस्ता कारागारमा सार्न उनीहरूले माग गरेका छन् ।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

दुई वटा ब्लकमा निर्मित उक्त कारागारको सानो ब्लकमा एउटा मेस सञ्चालित छ भने ठुलो ब्लगमा तीन वटा मेस चल्ने गर्दछ । अनुगमनका क्रममा कारागारभित्र दाउराका खालिया र ठूलाठूला कराईमा कैदीबन्दीका लागि पाक्दै गरेको खाना देख्न सकिन्छ । आन्तरिक रूपमा कैदीबन्दीबीच कुनै वादविवाद भइहालेमा तुरुन्त उद्धार गर्न पनि अप्ठ्यारो हुने सजिलै अनुमान गर्न सकिन्छ ।

कारागारका जेलर अर्जुनजङ्ग शाहका अनुसार सरुवा भई आउने प्रत्येक प्रजिअलाई नवनिर्मित कारागारमा कैदीबन्दीलाई सार्ने विषयमा लिखित प्रतिवेदन बुझाउँदा पनि अझै कैदीबन्दीलाई सार्ने काम भएको छैन । ‘‘कारागार निमार्णसँगै कैदीबन्दी सार्ने विषयमा अहिलेसम्म तीनवटा लिखित प्रतिवेदन बुझाइसकेका छौँ’’ उहाँले भन्नुभयो ।

बाँके कारागार जीर्ण भएको भन्दै बाँकेस्थित नौबस्ता कारागार निर्माण गरिएको छ । एउटै जिल्लामा सुविधायुक्त कारागारको संरचना बनिसकेको अवस्थामा पनि पुरानै जीर्ण कारागारमा कैदीबन्दी राख्नलाई बाध्य हुनु परेको उहाँको भनाइ छ । सबै कैदीबन्दीहरु नयाँ कारागारमा सर्नलाई आतुर छन् ।

ADVERTISEMENT

बाँके जिल्लाका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले सुरक्षाको दृष्टिले नौबस्तामा निर्मित कारागारमा कैदी बन्दीलाई जतिसक्दो छिटो सार्दा राम्रो हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘कारागार भनेको एउटा विश्वविद्यालय नै हो । तर बाँके कारागारमा कैदीबन्दीका लागि ज्ञानगुनका कुरा सिक्नलाई पुस्तकालय नभएको मात्र होइन, जीर्ण भवनमा हिँडडुल गर्नलाई ठाउँ समेत साँधुरो छ । सुरक्षाको दृष्टिले उनीहरूलाई सार्नु आवश्यक छ ।’’

बाँकेका मानव अधिकारकर्मी वसन्त गौतमले बाँके कारागारको सुरक्षा व्यवस्था प्रहरी प्रशासनको तर्फबाट बाहिरी रूपमा बलियो भए पनि आन्तरिक रूपमा भने सुरक्षा सतर्कताको उचित व्यवस्थापन हुन नसकेको बताउनुभयो । “ठाउँ साँघुरो भएकाले हिँड्दा पनि एक अर्कासँग ठोकिन्छन् कैदीबन्दीहरु । उनीहरूले त्यहाँ स्वस्थरुपले श्वासप्रश्वाससमेत गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो ।

अधिवक्ता समेत रहनुभएका गौतमले बाँके कारागारमा कैदीबन्दीहरुको मानवअधिकार हनन् भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकेका कैदीबन्दीले आधारभूत मानवअधिकार समेत उपभोग गर्न पाएका छैनन् । उनीहरूलाई खुलेर श्वास फेर्ने स्वच्छ वातावरण समेत छैन । सुत्नलाई बिस्तारा छैन । कपडा धोएर सुकाउने र राख्ने उचित ठाउँको व्यवस्था छैन ।” नौबस्तास्थित क्षेत्रीय कारागारको भौतिक संरचना त्यसै खेर जानु दुर्भाग्य भएको मानव अधिकारकर्मी गौतमको भनाइ छ ।

यस विषयमा बाँकेका प्रजिअ पोखरेलले कैदीबन्दीलाई नौबस्ता क्षेत्रीय कारागारमा सार्न सक्दो पहल गरेको बताउनुभयो । उहाँले कारागार व्यवस्था विभाग र अर्थमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो । तर बजेट र कर्मचारीको दरबन्दी स्वीकृत नहुँदा कारागार सञ्चालन गर्न नसकिएको उहाँको भनाइ थियो । ‘‘हामीले नयाँ कारागार सञ्चालनका लागि चाहिने बजेट माग गर्दै पत्राचार गरेका छौँ । मन्त्रालयले कुनै जवाफ दिएको छैन’’, उहाँले भन्नुभयो ।

नवनिर्मित नौबस्ता कारागारको लागत र संरचना

बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भइरहेको क्षेत्रीय कारागार करिब नौ बिघा क्षेत्रफलमा बन्दैछ । कारागारको निर्माण प्रक्रियालाई तीन चरणमा विभाजित गरिएको छ । सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका आयोजना प्रमुख विजयकेशर खनालका अनुसार पहिलो चरणमा कारागार विभागले नै कारागारमा काँडेतार लगाएको छ ।

दोस्रो चरणमा सहरी विकास तथा भवन निर्माण विभागबाट १२ सय कैदीबन्दी अट्ने क्षमताको ब्लक निर्माण कार्य सम्पन्न गरिएको छ । सशस्त्र प्रहरीको एउटा ब्यारेक, नेपाल प्रहरीको एउटा ब्यारेक र प्रशासनिक भवन निर्माण सम्पन्न गरिएको छ । आयोजना प्रमुख खनालले दोस्रो चरणमा नै कैदीबन्दीका लागि चारवटा ब्लक बनिसकेको बताउनुभयो ।

खनालका अनुसार तेस्रो चरणमा निर्माण हुने सम्पूर्ण कामको सुरुआत अर्थमन्त्रालयद्वारा बजेटको स्रोत सुनिश्चित नभएको हुनाले हुन सकिरहेको छैन । तेस्रो चरणमा बन्ने भनिएको भौतिक संरचनाअन्तर्गत सशस्त्र प्रहरी र नेपाल प्रहरीको अन्य भवन बन्न बाँकी छन् भने कारागार कम्पाउण्डको बाहिरी पर्खाल पनि बनाउन बाँकी नै छ । त्यसैगरी १५ शय्याको अस्पताल, विद्यालय, किरियापुत्रीलगायत अन्य संरचना बन्न बाँकी रहेको खनालले जानकारी दिनुभयो ।

मूल्य अभिवृद्धि करबाहेक रु ४६ करोड ४४ लाख ७० हजार सात सय ९५ को लागतमा सम्झौता भएकामा कुल रु ४६ करोड २२ लाख सात हजार छ सय ७६ मा निर्माण सम्पन्न भएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिनुभयो । कारागारमा रहेको बाल सुधार गृहको सुरक्षा व्यवस्थाका लागि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर हाल खजुरा गणबाट तैनाथ २० जना प्रहरी, सशस्त्र प्रहरीबल ३० नं। गणबाट खटिएका ३० जना सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट चार गरी ५४ सुरक्षाकर्मीको मातहतमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

वि.सं २०७३ कात्तिक ८ गते सम्झौता भई २३ कात्तिक २०७९ मा निर्माण सम्पन्न भएको उक्त कारागारमा कैदीबन्दीका लागि चारवटा ब्लक निर्माण गरिएको छ । त्यसैगरी, कैदीबन्दीका लागि चारवटा वर्कसप, चार वटा भान्छा, चार शौचालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक–एकवटा भवन, १० वटा सेन्ट्री पोस्ट, चार वटा आगन्तुक ब्लक र एउटा भेटघाट भवन निर्माण गरिएको छ ।

नयाँ निर्माण भएको नौबस्ता कारागार मानवोचित व्यवहार र आधारभूत मानवअधिकार उपभोग गर्न पाउने व्यवस्थासहित निर्माण गरिएको छ । आर्थिक उपार्जन गर्ने खालका सीपको व्यवस्था, मनोरञ्जन, खेलकुद, शिक्षा, स्वास्थ्य, खानपानलगायत आधारभूत मापदण्ड पूरा गरिएको छ । कारागारका वार्डेन शाहले भन्नुभयो, ‘‘कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ संरचना निर्माण गरिएको हो । यो कारागारमा कैदीबन्दीले तालिम लिन सक्नेछन् । तालिमका लागि ठुला हलको व्यवस्था गरिएको छ ।’’

मुद्दा फैसला भइसकेका कैदीलाई नौबस्ता कारागार र अपराधको प्रकृतिअनुसार खुला कारागारमा राखिने नीतिअनुसार निर्माण भएको छ । नौबस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, ज्येष्ठ नागरिक थुनुवालाई नेपालगन्जस्थित पुरानै कारागारमा राखिने भएको छ । रुपनी जि एम रासस

Share192Tweet106SendShare
Previous Post

बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकको केन्द्र बनाउने छुः निकुञ्ज प्रमुख शाह

Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
Next Post
नेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि

नेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि

औषधि व्यवसायी संघद्धारा भूकम्प पीडितलाई औषधिसहितको सहयोग

औषधि व्यवसायी संघद्धारा भूकम्प पीडितलाई औषधिसहितको सहयोग

धनगढीमा कार्यालय नै खोलेर ठगी

धनगढीमा कार्यालय नै खोलेर ठगी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?