ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

News Desk by News Desk
३:५६ बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके, जेठ २४ गते।
बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता बाल सुधारगृहमा रहेका कानुनी विवादमा परेका बालकहरूलाई कानुनी परामर्श प्रदान गरिएको छ। एडभोकेसी फोरम नेपाल र नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूको संयुक्त टोलीले सुधारगृहको स्थलगत अनुगमनसँगै बालकहरूलाई आवश्यक कानुनी जानकारी तथा परामर्श दिएको हो।

अनुगमनको उद्देश्य संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको भावनाअनुरूप कानुनी विवादमा परेका बालबालिकाको संरक्षण, सुधार, पुनःस्थापना र समाजमा पुनर्मिलनको अवस्थाबारे जानकारी लिनु रहेको एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बताए।

नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका सदस्य अधिवक्ता सुरेशकुमार गौतमका अनुसार बाल न्याय प्रणालीको कार्यान्वयन, सुधारगृहको व्यवस्थापन, सेवा प्रवाह तथा बालबालिकाको आधारभूत मानव अधिकार र न्यायिक पहुँचको अवस्थाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने उद्देश्यले अनुगमन गरिएको हो। मुद्दाको अवस्थाबारे जानकारी नपाएका, कानुनी प्रक्रियाबारे अन्योलमा रहेका तथा विभिन्न कानुनी जिज्ञासा भएका बालकहरूलाई प्रत्यक्ष परामर्श प्रदान गरी उनीहरूको न्यायिक पहुँच सुनिश्चित गर्न प्रयास गरिएको उनले बताए।

अनुगमनका क्रममा टोलीले सुधारगृहका खरिदार पवन बुढासँग संस्थाको समग्र व्यवस्थापन, प्रशासनिक अवस्था, बालबालिकाको संख्या, मुद्दागत विवरण तथा विद्यमान चुनौतीबारे छलफल गरेको थियो।

सम्बन्धित समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

सुधारगृह प्रशासनका अनुसार हाल नौबस्ता बाल सुधारगृहमा १३७ जना कानुनी विवादमा परेका बालकहरू रहेका छन्। कानुनी व्यवस्थाअनुसार बालिकाहरूलाई भक्तपुरस्थित बाल सुधारगृहमा राखिने भएकाले यहाँ कुनै बालिका नरहेको जानकारी दिइएको छ।

तथ्यांकअनुसार सुधारगृहमा जबरजस्ती करणी सम्बन्धी मुद्दाका ८५ जना, सामूहिक करणीका २ जना, कर्तव्य ज्यानका २२ जना, व्यक्ति बेपत्ता पारेको कसुरका १ जना, लागूऔषध सम्बन्धी कसुरका १० जना, सवारी ज्यानका १ जना, चोरीका ३ जना, नकबजनी चोरीका २ जना, डाँका चोरीका ७ जना तथा एसिड तथा अङ्गभङ्ग सम्बन्धी कसुरका १ जना बालक रहेका छन्।

सुधारगृहमा रहेका १३७ जनामध्ये १३२ जनाको मुद्दा अदालतबाट फैसला भई सजाय कार्यान्वयनको क्रममा रहेको तथा ५ जनाको मुद्दा पुर्पक्षको चरणमा रहेको प्रशासनले जनाएको छ। यस्तै, २०८२ भदौ २४ गते भएको घटनामा सुधारगृहबाट फरार भएका ७८ जनामध्ये ४५ जना पुनः फिर्ता भइसकेका छन् भने ३३ जना अझै फरार रहेका छन्। निर्धारित समयभित्र फिर्ता नआएका बालकहरूको हकमा फरार अवधि बराबर थप समय सुधारगृहमा बस्नुपर्ने कानुनी व्यवस्था रहेको जानकारी प्रशासनले दिएको छ।

ADVERTISEMENT

कानुनी परामर्शका क्रममा अधिकांश बालकहरूले आफ्नो मुद्दाको प्रगति, अदालती प्रक्रिया, फैसला कार्यान्वयन, पुनरावेदन तथा सजाय छुटसम्बन्धी जानकारी पर्याप्त रूपमा नपाएको गुनासो गरेका थिए। त्यस अवसरमा टोलीले बाल न्यायसम्बन्धी कानुनी व्यवस्था, बाल अधिकार, न्यायिक प्रक्रिया तथा उपलब्ध कानुनी उपचारका विषयमा विस्तृत जानकारी प्रदान गरेको जनाएको छ।

Share154Tweet97SendShare
Previous Post

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

Next Post

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह
मुख्य समाचार

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

२:२० बिहान, साउन ४, २०८३
Next Post
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?